राजनीति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै



काठमाडौँ, ३० पौष । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान बस्ने भएको छ ।

बैठक बिहान ८ बजेको लागि बोलाइएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र सात वटै प्रदेशका सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षधरका नेताहरू मंगलबार दिनभर वार्तामा जुटेका कारण केन्द्रीय कार्यसमिति बैठक प्रभावित बनेको थियो ।