सम्पादकीय

घरैबाट भाँडा लिएर होटल जान्छन् डोम



वीरगन्ज, २८ असोज । ‘घरमा आएका पाहुनालाई होटलमा चिया–नास्ता खुवाउन लैजाँदा घरबाटै गिलास लिएर जानुपर्दा पाहुनासामु लाजले शिर उठाउन सकिँदैन । यस्तो व्यवहारले अरू बेला पनि दुखित तुल्याउँछ’, डोम समुदायलाई दलित भनेर होटलमा गरिने विभेद सुनाउँदै पर्सा जगरनाथपुर–२ जानकी टोलका लक्ष्मी राउत डोमले भने, ‘चिया्नास्ता खान जाँदा घरबाटै गिलास लिएर जानुपर्छ । होटलभित्र पस्न दिँदैनन् । नास्ता पनि कागजमा पोको पारेर दिन्छन् ।

पर्सा जगरनापुर गाउँपालिका–१ जानकी टोल दशौंतामा डोम समुदायको करिब १५ घरधुरी एकै ठाउँमा छ । डोम बस्तीको छेउमा बजारको मुख्य चोक छ । चोकमा चिया, नास्ता र मिठाईका आधा दर्जन स९साना होटल छन् । होटलमा चिया, नास्ता खान जाँदा साहु र कामदारले डोम जातिका मानिसलाई होटलभित्र पस्न दिँदैनन् ।

‘‘हामीप्रति गरिने यो विभेद त जसोतसो सहँदै आएका छौं । तर, जब हाम्रा घरमा पाहुना आउँछन् त्यसबेला भने मनमा असह्य पीडा हुन्छ’, डोम बस्तीका युवा राजेश राउत डोमले भने, ‘पाहुनाकै अगाडि होटलमा कागजमा पोको पारेर नास्ता दिँदा निकै लज्जित हुन्छौं ।’

‘हामी पनि त मान्छे नौ हौं, अरूजस्तै हाम्रा पनि हातखुट्टा, नाकमुख सद्धे नै छन्’, डोम बस्तीकी माया देवीले प्रश्न गर्दै भनिन्, ‘जब सबै चिज उस्तै छ भने हामीमाथि मात्रै यो छुवाछुत र विभेद किन ? हामीलाई डोम भनेर घृणा गरिन्छ ।’

डोम जातिमाथि गरिने विभेदबारे सोध्दा होटल सञ्चालकले सहजै स्विकारे । सञ्चालकमध्येका एक जनाले भने, ‘५ – ७ जना डोम जातिका ग्राहकका लागि अन्य जातिका ६०् ७० जना ग्राहक गुमाउन चाहँदैनौँ ।’अन्नपूर्ण पोस्ट्मा समाचार छ ।