समाचार

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु




काठमाडौँ, ३० पौष । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिराचोकमा मोटरसाइकलले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार कर्णाली प्रदेश०२–००२प३२७१ नम्बरको मोटरसाइकको ठक्करबाट घाइते वीरेन्द्रनगर–१३ की ७० वर्षीया लक्ष्मी लामिछानेको उपचारका क्रममा प्रदेश अस्पतालमा आज मृत्यु भएको हो । 

मोटरसाइकल चालक लेकबेँसी नगरपालिका–३ का २९ वर्षीय हर्कबहादुर बस्नेत पनि घाइते भएका छन्  । 

उनको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।