अर्थ

डल्ले च्याउको मूल्य बढ्यो



काठमाडौँ, ३० पौष । बजारमा कन्य च्याउको मूल्य घटेको छ भने डल्ले च्याउ बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज च्याउको मूल्यमा घटबढ भएको हो ।

आज कन्य च्याउको मूल्य प्रतिकिलो थोकमा १५ रुपैयाँ घटेको छ । हिजो मंगलबार प्रतिकिलो थोकमा औसत १ सय ६५ रुपैयाँमा किनबेच भएको उक्त च्याउ प्रतिकिलो १ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै हिजो मंगलबारको तुलनामा आज बुधबार डल्ले च्याउको मूल्य प्रतिकिलो थोकमा २५ रुपैयाँ बढेको छ । आज डल्ले च्याउ प्रतिकिलो थोकमा ४ सय रुपैयाँमा किनबेच भइरहेको छ । हिजो मंगलबार भने उक्त च्याउ प्रतिकिलो ३ सय ७५ रुपैयाँमा किनबेच भएको थियो ।