काठमाडौँ, ३० पौष । प्रधानमन्त्री सुशीला कार्कीले स्वजागरणलाई सबै तहमा संस्थागत गरी दैनिक जीवनको हिस्सा बनाउनु अपरिहार्य भएको बताएकी छन् ।
बुधबार सिंहदरबारमा आयोजित सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रममा प्रधानमन्त्री कार्कीले स्वजागरण अभियानले नैतिकता, सदाचारिता र सेवाभावयुक्त जनशक्ति निर्माण गरी मुलुकमा सुशासन स्थापनामा सघाउ पुग्ने विश्वाससमेत व्यक्त गरिन् । उनले स्वजागरणले पहिले आफूलाई व्यवस्थित, अनुशासित र सचेत बनाउन सिकाउने भएकाले यसको महत्त्व धेरै रहेको धारणा राखिन्।
नेपालका विविध सामाजिक–राजनीतिक आन्दोलनहरू तथा जेनजी पुस्ताको सदाचार र सुशासनको मागलाई ध्यानमा राख्दै अब स्वजागरणलाई सबै तहमा संस्थागत गर्नुपर्ने उनले बताइन्।










प्रतिक्रिया दिनुहोस्