काठमाडौँ, ३० पौष । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुलाह मन्सुरललाई पार्टीबाट निष्काशन गर्ने घोषणा गरेको छ ।
आज पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उनीहरुलाई पार्टी हितविपरीत गएको निष्कर्षका साथ निष्काशनको घोषणा गरेको हो ।
महामन्त्रीद्वयसहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पाँच वर्षका लागि साधारण सदस्य पनि नरहने गरी कारबाही गरिएको केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले बताइन् ।
विशेष महाधिवेशन पक्षधरहरुले सहमतिका लागि आठबुँदे प्रस्ताव अघि सारेका थिए ।
तर त्यसमा सहमति कायम हुन नसकेपछि वार्ता भंग भएको थियो । विशेष महाधिवेशन पक्षधरहरुले अहिले केहीबेरमा नयाँ कार्यसमिति सार्वजनिकको तयारी गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्