समाचार

लागुऔषध सेवन गरी सवारी चलाउने ४ जना पक्राउ



काठमाडौँ, १ माघ । लागुऔषध सेवन गरेर सवारीसाधन चलाउने चारजना चालकलाई पक्राउ गरिएको छ । 

उपत्यका ट्राफिक प्रहरीको टोलीले बुधबार साँझ सीतापाइलाबाट चेकजाँचका क्रममा लागुऔषध सेवन गरी सवारीसाधन चलाएको देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरूमा तीनजना सार्वजनिक बसका चालक छन् । एकजना भने ट्याक्सी चालक हुन् ।

बुधबार ट्राफिक, प्रहरी अस्पताल र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको संयुक्त टोलीले बुधबार १८ वटा सवारीसाधनका चालकलाई जाँच गरेको थियो । जसमध्ये चारजनाले लागुऔषध सेवन गरेका खुलेको हो । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।