राजनीति

संयमित र एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ : प्रधानमन्त्री कार्की



काठमाडौँ, १ माघ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान विशिष्ट परिस्थितिमा संयमित र एकताबद्ध भएर अगाडि बढ्न आवश्यक रहेको बताएकी छन् ।

माघी पर्वका अवसरमा थारु कल्याणकारिणी सभाले बिहीबार काठमाडौँको टुँडिखेलमा आयोजना गरेको माघी महोत्सवमा प्रधानमन्त्री कार्कीले मौलिक चाडपर्वले आपसी सम्मान, एकता, सदभाव र सहअस्तित्व कायम गर्ने भन्दै अहिलेको विशिष्ट परिस्थितिमा अझै संयमित र एकताबद्ध भएर अगाडि बढ्न आवश्यक रहेको बताएकी हुन् ।

सांस्कृतिक पर्वहरूको मर्म आत्मसात् गर्दै समाजमा शान्ति, सहानुभूति, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सरकार, समुदाय र नागरिक सबैले आ–आफ्नो स्थानमा सक्रिय भूमिका खेल्नुपर्नेमा नले जोड दिइन् । प्रधानमन्त्री कार्कीले थारु समुदायको मौलिक संस्कृति, भाषा र पहिचानको संरक्षण तथा प्रवर्द्धन सरकार सदैव प्रतिबद्ध रहेको धारणा राखिन् ।