काठमाडौँ, २ माघ । नेकपा (एमाले) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको अन्तिम टुङ्गो लगाउन भोलि केन्द्रीय सचिवालयको बैठक बोलाएको हो ।
निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम रहेकाले एमालेले त्यसअघि नै उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिन लागेको हो ।
प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।










प्रतिक्रिया दिनुहोस्