राजनीति

आफ्नो नाम हटाउन नेता खड्काको माग



काठमाडौँ, ३ माघ । नेपाली कांग्रेस, कोशी प्रदेश कार्यसमितिले उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रस्तावित उम्मेदवारहरूको सिफारिस सूचीमा परेका डा. नारायण खड्काले आफ्नो नाम सूचीबाट हटाउन माग गरेका छन् ।

खड्काले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयलाई सम्बोधन गर्दै एक पत्र लेखेका छन् । खड्काले केन्द्रीय कार्यालयको सम्बन्धित निकायलाई आफ्नो यो अनुरोध जानकारी गराइदिन आग्रह गरेका छन् ।

खड्काले पत्रमा उल्लेख गरेका छन्, ‘नेपाली कांग्रेस कोशी प्रदेश कार्य समितिबाट उदयपुर क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्य २०८२ को लागि उम्मेदवारहरूको प्रस्तावित सिफारिस सूचीमा मेरो पनि नाम राखिएकोमा मेरो नाम सो सूचीबाट हटाइ दिनु हुनको लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको सम्बन्धित निकायलाई मेरो यो पत्रको जानकारी गराइ दिनु हुन अनुरोध गर्दछु ।’