काठमाडौँ, ३ माघ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनको मिति सरेको छ ।
आगामी फेब्रुअरी २२ देखि २५ सम्मका लागि तय गरिएको एकताको महाधिवेशन स्टेरिङ कमिटीमा कुरा नमिल्दा मार्च महिनाका लागि सारिएको हो । अब एकताको महाधिवेशन आगामी मार्च १३ देखि १५ सम्म काठमाडौँको होटल सोल्टीमा आयोजना हुनेछ ।
शुक्रबार बसेको स्टेरिङ कमिटीको बैठकले महाधिवेशन सार्ने निर्णय गरेको स्टेरिङ कमिटीका सदस्य एवं पूर्वअध्यक्ष विनोद कुँवरले पुष्टि गरे ।
महाधिवेशन सर्नुको मुख्य कारण सदस्यता वितरण र निर्वाचनको माध्यम (मोडालिटी) मा देखिएको विवाद हो । महेश श्रेष्ठ पक्षले सर्वोच्च अदालतको परमादेशलाई पालना गर्दै सदस्यता विवाद टुंगो लगाएर भौतिक रूपमै (फिजिकल) उपस्थित भएर मतदान गर्नुपर्ने अडान राखेको छ । यता डा. बद्री केसी पक्षले भने अनलाइन माध्यमबाटै महाधिवेशन र निर्वाचन गरिनुपर्ने प्रस्ताव अघि सारेको छ ।










प्रतिक्रिया दिनुहोस्