राजनीति

उम्मेदवार टुङ्गो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै



काठमाडौँ ४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को  केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । 

दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने भएको हो । बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धमा छलफल हुने बताइएको छ । पार्टीको तर्फबाट प्रत्यक्ष उम्मेदवार चयनबारे सो बैठकमा छलफल हुने बताइएको छ ।