काठमाडौँ, ४ माघ । म्याग्दीमा एक युवतीको हत्या भएको छ ।
म्याग्दी प्रहरीका अनुसार धवलागिरि गाउँपालिका–७, सिवाङ झिनडाँडामा गएराति धारिलो हतियार प्रयोग गरी २० वर्षीया पुनमाया विकको हत्या भएको हो ।
राति साढे १० बजे घर बाहिर एक्कासि पछाडिबाट प्रहार गरेपछि गम्भीर घाइते बनेकी उनको बेनी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ । विकको हत्यामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्