सम्पादकीय

बिलाउँदैछ बलभद्रको चिनो



काठामाडौं, २८ माघ । राष्ट्रिय विभूति तथा नालापानी युद्धका नायक बलभद्र कुँवरले निर्माण गरेको काठमाडौं, इचंगुनारायाणस्थित दुई सय बर्ष पुरानो घरको अब अवशेष मात्र बाँकी रहेको छ ।

नालापानीबाट फर्केपछि बलभद्रले सन् १८७२ मा निर्माण गरेको उक्त घरको संरक्षण हुन सकेको छैन । कमजोर धरोहर गत बर्षको भूकम्पले भग्नावशेषमा परिणत गरेको थियो ।

घरसँगै बलभद्र तथा उनका अन्य दुई दाजुभाइ मिलेर बनाएको भगवतीको मन्दिरसमेत भूकम्पबाट जर्जर छ ।

०२१ को नापीमा बलभद्रको घरसहितको जग्गा बाग्मती सफाईका अभियन्ता हुतराम बैद्यको नाममा दर्ता भएको थियो । उत्त घरको संरक्षणको लागि कँुवरका पाँचौं पुस्ताका सन्तान तथा दरबार स्कुलका पूर्वप्रधानाध्यापक रामराज कुँवर लगायतले प्रयास गरेका पनि थिए ।

तर घरजग्गा अर्कैको नाममा रहेकाले संरक्षण गर्न नसकिएको कुँवरले बताएको नागरिकमा समाचार छ ।