काठमाडौँ, ४ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनाल फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन नलड्ने भएका छन् ।
विगतका चुनावमा इलाम २ बाट निर्वाचन लड्दै आएका खनाल यो पटक कतैबाट पनि निर्वाचन नलड्ने मनस्थितिमा पुगेका हुन् ।
निर्वाचन लड्न करोडौँ रकम चाहिने तर त्यो अहिले आफूसँग नभएकाले पछि हट्नुपरेको खनालको भनाइ छ ।
उनले भने, ‘मेरो निर्वाचन क्षेत्र इलाम हो,तर मेरा लागि इलाम यो पटक धेरै टाढा भयो । किनभने भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले मेरो परिवार र भएको सम्पत्ति सबै खरानी भयो’, ‘परिवारको उपचार गर्न नै समस्या भइरहेको छ । अझै कति समय उपचार गर्नुपर्छ भन्ने निश्चित छैन ।’










प्रतिक्रिया दिनुहोस्