काठमाडौँ, ५ माघ । नेपाली कांग्रेसका सभापति गगन थापाले टिकट वितरणमा चित्त नबुझे पनि पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै थापाले अन्त्यमा थापाले भोलि आ–आफ्नो क्षेत्रमा जाँदा जसले हातमा ‘रुख’ चिह्न लिएर आउँछ, उसैको पक्षमा एकढिक्का भएर लाग्न उनले आग्रह गरे । मनमा लागेका असन्तुष्टि पन्छाएर चुनावलाई एउटा अभियानका रूपमा लिन उनले सबैसँग अपिल गरेका छन् ।
उम्मेदवार चयन प्रक्रियामा विधान र पुरानो संरचनाका कारण आफ्नो हात बाँधिएको बताए । उम्मेदवार छनोटको अन्तिम चरणमा आइपुग्दा उनले केन्द्रबाट टिकट बाँड्ने परिपाटी नै गलत भएको तर अहिलेको विशिष्ट परिस्थितिले बाध्यता सिर्जना गरेको स्वीकार गरे ।
सभापति थापाले पार्टीभित्र नयाँ र पुरानाको सन्तुलन मिलाउन तथा समावेशी बनाउन अधिकतम प्रयास गरेको दाबी गरे । यद्यपि, सिफारिस भइसकेका नामहरू र समयको अभावले गर्दा सोचेजस्तो नतिजा नआउन सक्ने सङ्केत उनले गरे । उनले आज दिनभरिमा उम्मेदवारको सबै टुङ्गो लगाइसक्ने जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्