अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ६ माघ । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २७ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ८४ हजार ७ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ७० रुपैयाँले बढेर ५ हजार ८८० सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।