समाचार

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ



काठमाडौँ, ६ माघ । धादिङमा २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा निलकण्ठ नगरपालिका-१० बस्ने ३१ वर्षीय होम बहादुर परियार र सोही नगरपालिका-११ बस्ने २८ वर्षीय राजन लम्साल रहेका छन् । 

उनीहरूले ती महिलालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरी चौकी टोड्केबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।