अर्थ

पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी



पर्सा, ६ माघ । रास्वपा सभापति रवि लामिछानेसँग पर्सा जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटी माग गरेको छ ।

न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले लामिछानेलाई धरौटी बुझाउन आदेश दिएको हो । गत असार १ मा वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा लामिछानेसहित २९ जनाविरुद्ध सहकारी ठगी तथा संगठित अपराधमा मुद्दा दर्ता गरिएको थियो । सो मुद्दामा कुल ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।