काठमाडौँ, ७ माघ । काठमाडौँ महानगरपालिकाले फुटपाथ र पार्किङ व्यवस्थापनलाई प्राथमिकता दिने भएको छ ।
आज पत्रकार सम्मेलन गर्दै महानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले यसबारे जानकारी गराएका हुन् ।
उनले धुलो, धुवाँ, सार्वजनिक शौचालय, सार्वजिनक सम्पती संरक्षणका विषय, वर्कसपका विषयमा ध्यान केन्द्रित गर्न नगर प्रहरीलाई निर्देशन दिए । नगर प्रहरी प्रमुख जोशीले काम गर्न नआउने र शक्तिकेन्द्रमा धाउने बानी हटाउन पनि चेतावनी दिए ।
उनले सार्वजनिक स्थलमा धुम्रपान गर्न नदिन महानगर प्रहरीलाई निर्देशन दिए । विगतमा भएका सकारात्मक कामलाई निरन्तरता दिने पनि बताए ।










प्रतिक्रिया दिनुहोस्