काठमाडौं २९ असाेज । आगामी मङ्सिर १० र २१ गते हुने संसदीय निर्वाचनमा संघ र प्रतिनिधिसभा समानुपातिकतर्फको उम्मेदवारमा नेपाल घरेलु तथा साना उद्योग महासंघका
महासचिव डम्बरप्रसाद रेग्मीलाई सर्वसम्मत सिफारीस गरिएको छ ।
नेकपा एमालेले आशन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गरी माथिल्लो कमिटीमा पठाएको हो । रेग्मीलाई नेकपा एमालेका लागि एमाले सम्पर्क संगठन कमीटि प्रदेश नं १, बाट सर्वसम्मत सिफारीस गरिएको हो ।
महासंघका उपाध्यक्षद्धय प्रकाश रावल र सूर्य कँडेललाई प्रदेश सभाका लागि प्रत्यक्षतर्फ क्रमशः कञ्चनपुर जिल्ला र नुवाकोटबाट सिफरीस गरिएको छ । सिफरीसमा पर्नेहरुमा महासंघका केन्द्रिय सदस्य अच्युत पाण्डे नुवाकोटबाट र काभ्रेबाट पूर्व केन्द्रिय सदस्य पूर्ण पाण्डेलगायत हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्