समाचार

५५ कार्टुन मदिरासहित एक जना पक्राउ



पाँचथर, ८ माघ । पाँचथरमा ठूलो परिणामको मदिरासहित एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार भारतबाट ल्याएको ५५ कार्टुन मदिरासहित हिलिहाङ गाउँपालिका-२ का शंकर प्रसाईंलाई पक्राउ गरिएको हो ।

सिक्कमे कञ्चन १८ कार्टुन, टाइगर -३३ कार्टुनसिक्किमे गोल्ड ४ कार्टुन बरामद गरेको छ । यो मदिरा अवैध भएको प्रहरीको भनाइ छ ।

कार्टुनमा रहेको ६६० बोतल मदिरासहित शंकरलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय झापा बुझाइएको छ ।