अर्थ

सुन्तलाको मूल्य बढ्यो



काठमाडौँ, ८ माघ । बजारमा सुन्तलाको मूल्यवृद्धि भएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सुन्तलाको मूल्य बढेको हो ।

हिजो बुधबार प्रतिकिलो औसत १ सय २५ रुपैयाँमा कारोबार भएको सुन्तलाको मूल्य आज बिहीबार १८ प्रतिशतले बढेर प्रतिकिलो १ सय ४७ रुपैयाँ पुगेको छ ।