काठमाडौँ, ८ माघ । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार धनगढीबाट बैतडीतर्फ आउँदै गरेको म१त १०१३ नम्बरको ट्याक्टर आज बिहान पाटन नगरपालिका-८ को अनारखोलिमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको पहिचान भएको छैन ।
दुर्घटनामा ३ जना घाइते भएको र घाइतेहरूको पनि परिचय खुलेको छैन । घाइतेहरूलाई डडेल्धुरा अस्पताल पठाएको सबै विवरण खुल्न बाकी रहेको प्रहरीले जनाएको छ ।
ट्याक्टरमा चालकसहित ४ जना सवार रहेको बुझिएको छ । ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको छ ।










प्रतिक्रिया दिनुहोस्