राजनीति

अराजकताको आयू लामो हुँदैन : अध्यक्ष ओली



काठमाडौँ, ८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताको आयू लामो नहुने भन्दै आपराधीक कृयाकलापमा संलग्नहरु कार्वाहीको दायरा आउने बताएका छन् ।

आज झापाको दमक ८ स्थित नेपाली कम्युनिष्ट पार्टी (पूर्व एकिकृत नेकपा माओवादी) का नेता गगन पुरीको आगजनी गरिएको घरको अवलोकनका क्रममा उनले यस प्रकारको विध्वङ्स मच्चाउनेहरु कानूनी दायरामा आउने विश्वास दिलाए ।

जेनजीको नाममा भएको आन्दोलनका क्रममा आगजनी गरिएको घरमा सामान्य मर्मत पछि बस्दै आएका पुरीलाई आश्वस्त पार्दै अध्यक्ष ओलीले भने, ‘सधैं अराजकता कहाँ टिक्छ र, एक दिन त कार्वाहीको दायरामा ल्याएरै छोडिन्छ नि, बरु उजरी–निवेदन लगायतको प्रकृया चाँहि अघि बढाउनु होला ।’

नेता पुरीले आफुले सवै प्रमाणहरु संकलन गरि सकेको र कानूनी उपचारको प्रकृया पनि अघि बढाएको बताए । आगजनी र तोडफोडका क्रममा क्रममा भएका सवै सम्पत्ती लुटिएको, घरायसी सामानहरु जलाईएको र घर पनि तोडफोड गरिएको पुरीले जनाए ।