राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्ने



काठमाडौँ, ९ माघ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले पार्टी सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणाको औपचारिक निर्णय गर्ने नेताहरुले बताएका छन् । थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा होमिन बैठक बोलाइएको जानकारी दिइएको छ ।

विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरु आज पहिलो पटक केन्द्रीय कार्यालय सानेपा पुग्नेछन् । सभापति थापासहित पदाधिकारीले पदभार ग्रहण गरेपछि केन्द्रीय समिति बैठक बस्ने छ ।

बैठकमा थापालाई भावी प्रधानमन्त्री घोषणा गरी निर्वाचनमा होमिने, निर्वाचन अभियानसँग सम्बन्धित समिति गठन गर्ने र समसामयिक राजनीतिक सन्दर्भमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।