राजनीति

निपाह भाइरस संक्रमण भित्रिन नदिन उच्च सतर्कता



काठमाडौँ, ९ माघ । सरकारले भारतको पश्चिम बंगालमा देखिएको निपाह भाइरस संक्रमण नेपाल भित्रिन नदिन उच्च सतर्कता अपनाएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले निपाह संक्रमण नेपालमा भित्रिन नदिन उच्च सतर्कता अपनाइएको जानकारी दिए । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँग सीमा जोडिएका नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिको परीक्षण सुरु गरेको बताए ।

प्रवक्ता बुढाथोकीले निपाह भाइरस संक्रमण लागेका व्यक्तिलाई समयमा उपचार नगेको खण्डमा मृत्यु समेत हुन सक्ने बताए । उनका अनुसार निपाह भाइरस संक्रमणको मृत्युदर ३० देखि ३३ प्रतिशत रहेको छ । निपाह भाइरस संक्रमण सुँगुर, चमेरा र संक्रमित मानिसबाट सर्ने गर्दछ ।