काठमाडौँ, ९ माघ । रौतहटमा दुई वटा मोटरसाइकल एकआपसम ठोक्किँदा दुई युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गौर-पिपरा सडकखण्डको राजदेवी नगरपालिका पथरामा प्र०२–०३–०१८प२३४६ र भारतीय नम्बरको बीआर ३० ए एफ२३७० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्गाभगवती गाँउपालिका-का अशोक महतो र राजदेवी नगरपालिका-२ का अरविन्द महतोको मृत्यु भएको हो ।
तीव्र गतिमा रहेका दुवै मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका क्रममा ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी काघर्यालय रौतहटले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्