काठमाडौँ, ११ माघ । लागुऔषध खैरो हेरोइनसहित नागढुंगाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नागढुंगासहितको संयुक्त टोलीले बसमा सवार सुनसरी इटहरी नगरपालिका ३ का ३६ वर्षीय निरोज न्यौपानेलाई पक्राउ गरेको हो ।
नागढुंगा चेकपोइन्टमा काकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.००१ –००६ ख ७३३५ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा ७ ग्राम खैरो हेरोइन फेला परेको हो ।
उनलाई शंका लागेर चेकजाँच गर्दा ज्याकेटको खल्तीभित्र कालो प्लास्टिकले बेरी लुकाई राखेको अवस्थामा ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्