समाचार

भरुवा बन्दुकसहित एकजना पक्राउ



काठमाडौँ, ११ माघ । प्युठानमा भरुवा बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

 प्रहरीकका अनुसार मल्लरानी गाउँपालिका–२ मधुगैराबाट एकनाले भरुवा बन्दुक एकथानसहित सोही ठाउँ बस्ने ५८ वर्षीय डानकबहादुर सार्कीलाई शनिबार राति पक्राउ गरेको हो ।

प्रहरी चौली चुजाठाँटीबाट खटिएको प्रहरीले उनको घरनजिकै तोरीको कुन्युमा लुकाइछिपाइ राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।