Banner News

सामाजिक सञ्जालमा भ्रम छर्नेलाई पक्रन आदेश कुर्नुपर्दैन : गृहमन्त्री



काठमाडौँ, ११ माघ । गृहमन्त्री ओमप्रकाश अर्यालले सामाजिक सञ्जालमा भ्रम छर्नेलाई कानुनी दायरामा ल्याउन आदेश कुर्नु नपर्ने बताएका छन् । 

आज नेपाल प्रहरीको साइबर ब्युरो र काठमाडौँको हनुमानढोकामा अवस्थित काठमाडौँ प्रहरीको भवन अवलोकन गर्दै उनले भने, ‘सामाजिक सञ्जालमा भ्रामक पोस्ट गर्नेहरूलाई कानुनी दायरामा ल्याउनुस्, त्यसमा कसैको आदेश कुर्नुपदैन ।’ 

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन मर्यादित रूपमा सम्पन्न गर्न साइबर ब्युरोले सामाजिक सञ्जालबाट हुन सक्ने अमर्यादित र कानुनले वर्जित गरेका तथ्यहीन र भ्रामक समाचार वा जानकारीहरूलाई सूक्ष्म ढङ्गले अनुगमन गर्नुपर्ने मन्त्री अर्यालले बताए ।