अर्थ

कार्टस इन्टरप्राइजेजलाई ५० हजार जरिवाना



काठमाडौँ, १२ माघ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कार्टस इन्टरप्राइजेज प्रालिलाई रु ५० हजार जरिवाना गरेको छ ।

नियमित रुपमा बजार अनुमगन तथा निरीक्षणका क्रममा कैफियत भेटिएपछि विभागले सो फर्मलाई उक्त जरिवाना गरेको हो ।

विभागले काठमाडौँका विभिन्न १७ वटा फर्ममा अनुगमन गरेको थियो । अन्य १६ वटालाई भने सुधारात्मक निर्देशन दिएको छ ।