काठमाडौँ, १२ माघ । धनगढीमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–८ घर भई हाल धनगढी उपमहानगरपालिका– १३ राजपुर डेरा गरी बस्ने सतिङ दाहालले घरायसी विवाद भई आफ्नै श्रीमती ३० वर्षीया हिरा दाहाललाई कुटपिट गरेर हत्या गरेका हुन्। हिरालाई आइतबार कुटपिट गर्दा उनी गम्भीर घाइते भएकी थिइन्।
उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल ल्याइएकोमा उपचारको क्रममा सोही दिन नै मृत्यु भएको जिल्ला हो । कुटपिट गर्ने उनको श्रीमान् सतिङलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्