राजनीति

कांग्रेसका महामन्त्रीमार्फत् ७७ जिल्लाका सभापति र क्षेत्रीय कार्यसमितिलाई पत्र



काठमाडौँ, १३ माघ । नेपाली कांग्रेसले आउँदो फागुन २१ मा हुने चुनावमा केन्द्रित हुन ७७ वटै जिल्ला सभापति र क्षेत्रीय कार्यसमितिलाई परिपत्र गरेको छ ।

परिपत्रमा गएको पुस अन्तिम हप्ता काठमाडौँमा भएको दोस्रो विशेष महाधिवेशनमा सहभागी भएका तथा नभएका, सहमत या असंतुष्ट सबैलाई चुनावमा केन्द्रित हुन भनिएको छ ।

परिपत्रमा महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेको हस्ताक्षर रहेको छ । पछिल्लो परिस्थितिमा पार्टीलाई अघि बढाउन पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा समेतको साथ रहने विश्वास गरिएको उल्लेख छ ।