समाचार

मोटरसाइकल चोरेर लैजाँदै गर्दा २ जना पक्राउ



काठमाडौँ, १३ माघ । भक्तपुरबाट मोटरसाइकल चोरेर मकवानपुरतर्फ लैजाँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार भट्टेडाँडाबाट मकवानपुरको बकैया गाउँपालिका–७ घर भएर भैंसेपाटी बस्ने २५ वर्षीय ब्रिजन तामाङ र भक्तपुर सुडाल बस्ने २३ वर्षीय युनिक तामाङलाई पक्राउ गरेको हो ।

आइतबार भट्टेडाँडा स्थित जगुमाया प्रहरी चौकीबाट खटिएको टोलीले चेकजाँच गर्दा खोज्दा उनीहरू मोटरसाइकल नरोकीकन भागेका थिए । उनीहरूलाई पछ्याएर नियन्त्रणमा लिइएको हो ।

आरोपीहरू सवार बागमती प्रदेश–०२–०४४ प ६९१२ र बा.३६ प ७९०८ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ । सो मोटरसाइकल उनीहरुले भक्तपुरबाट चोरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ  । उनीहरूलाई ललितपुर प्रहरीले थप अनुसन्धानका लागी प्रहरी वृत्त जगातीमा बुझाएको छ ।