काठमाडौँ, १३ माघ । चितवनको भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आचार्यविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा आरोपपत्र दर्ता गरेको हो ।
आचार्यले सार्वजनिक सेवाको पदमा रहँदा गैरकानुनी रूपमा आर्जन गरेको पैसाबाट श्रीमती लिली सुवेदीको नाममा समेत सम्पत्ति खरिद गरेको पाइएको आयोगको आरोपपत्रमा उल्लेख छ ।
प्रचलित कानुन बमोजिम उक्त सम्पत्ति जफत गर्ने प्रयोजनार्थ सुवेदीलाई पनि प्रतिवादी कायम गरिएको आयोगले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्