अर्थ

नेप्सेमा उच्च अंकको गिरावट



काठमाडौँ, १३ माघ । आज सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । 

नेपाल स्टक एक्सेन्ज (नेप्से)का अनुसार आज बजार ४२.५८ प्रतिशतले घटेको छ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २७२६.५१ विन्दुमा झरेको छ । 

आज ३३३ कम्पनीको कारोबार हुँदा २२४ कम्पनीको मूल्य घटेको छ । ३४ कम्पनीको मूल्य बढेको छ भने दुईवटा कम्पनीको मूल्य स्थिर छ । 

यस दिन १४ अर्ब १६ करोड ७१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो अघिल्लो दिनको तुलनामा दुई अर्ब १८ करोडले कम हो । 

सोमबार १६ अर्ब ३५ करोड ५७ लाखभन्दा बढीको कारोबार भएको थियो । यस दिन कुनै पनि कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्न सकेन । सप्तकोसी डेभलपमेन्ट बैंकको मूल्य ७८ रुपैयाँ (८.५६ प्रतिशत)ले बढेको छ ।