समाचार

विदेश पठाइदिने भन्दै ठगी गर्ने तीनजना पक्राउ



काठमाडौँ, १४ माघ । बैदेशिक रोजगारीमा पठाइदिने भन्दै करिब २८ लाख रुपैयाँ ठगी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीका अनुसार काठमाडौँ तारकेश्वर नगरपालिका–२ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–३ घर भएका ३८ वर्षीय कृष्णजी थापा, काठमाडौँ महानगरपालिका–३१ बस्ने सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–६ घर भएका २२ वर्षीय अनिल कुमार साह र काठमाडौँ चन्द्रागिरी नगरपालिका–३ बस्ने ललितपुर, ललितपुर महानगरपालिका–१६ घर भएका ३० वर्षीय विवेक भुजेललाई पक्राउ गरेको हो  ।  

पक्राउमध्ये कृष्णजीले यूएई पठाइदिन्छु भन्दै एकजना पीडितबाट ६ लाख ३० हजार रुपैयाँ ठगी गरेका थिए । यस्तै, अनिलले क्यानडा पठाइदिने भन्दै १८ लाख र विवेकले यूएई पठाइदिने भन्दै साढे तीन लाख ५० हजार रूपैयाँ ठगी गरेका हुन् । 

पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई मंगलबार उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।