समाचार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



काठमाडौँ, १४ माघ । सिन्धुलीको दुधौली नगरपालिका-१० खत्रीचोकको भित्री सडकमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज बिहान दुधौली नगरपालिका-१० का ३० वर्षीय यज्ञबहादुर सुनुवारको मृत्यु भएको हो । गम्भीर घाइते भएका निजको नगर अस्पत्ताल सिर्थौली लाने क्रममा बाटोमा मृत्यु भएको हो ।