राजनीति

पार्टीको अर्जुनदृष्टि फागुन २१ हो : नेता सापकोटा



काठमाडौँ, १५ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्नि सापकोटाले बहस गर्नुपर्ने विषय  धेरै भए पनि अब ती विषयलाई थाती राखेर निर्वाचनमा केन्द्रित हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् । 

प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा सापकोटाले पार्टीभित्र नमिलेका कुरा मिलाउनुपर्ने र बहस गर्नुपर्ने धेरै कुराहरू रहे पनि त्यसलाई थाती राखेर निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका हुन् । 

उनले सार्वभौमसत्ता र आत्मनिर्णयको अधिकार स्थापित गर्नका लागि अहिले पार्टीको सम्पूर्ण अर्जुनदृष्टि फागुन २१ मा लगाउनुपर्नेमा जोड दिए ।