चितवन, १६ माघ । दाङबाट काठमाडौँ जाँदै गरेको बस नारायणगढ–मुग्लिन सडकको घुमाउनेमा गएराति दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् ।
प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार दाङबाट काठमाडौँ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ४६० नम्बरको बस राति सवा ३ बजेतिर नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा आफै अनियन्त्रित भएर पल्टेको थियो ।
दुर्घटना परि घाइतेमध्ये १० जनाको अवस्था मध्यम र २८ जनाको अवस्था सामान्य रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घाइतेमध्ये १५ जनाको भरतपुरको मौलाकालिका अस्पताल, १३ जनाको पुरानो मेडिकल कलेज, ४ जनाको चितवन मेडिकल कलेज र ६ जनाको मुग्लिनको जनता केयर अस्पतालमा उपचार भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्