अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १८ माघ । आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २८ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला तीन लाख १८ हजार ८  सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ सय ६५ रुपैयाँले घटेर ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।