काठमाडौँ, १८ माघ । काठमाडौँको टोखा नगरपालिका–३ स्थित एक घरमा दिउँसै चोरी भएको छ ।
प्रहरीका अनुसार तिल सरा पुर्जाको घरलाई लक्षित गरी भएको यस चोरीमा झण्डै १९ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल लुटिएको हो ।
शनिबार दिउँसो घरमा कोही नभएको मौका छोपी भित्र पसेका चोरहरूले सुनका विभिन्न गरगहना र नगद चोरेर फरार भएका हुन् । हाल चोरीमा संलग्न व्यक्तिहरू फरार रहेकाले उनीहरूको खोजी कार्य तीव्रताका साथ अगाडि बढाइएको प्रहरीले उल्लेख गरेको छ ।










प्रतिक्रिया दिनुहोस्