समाचार

अटो दुर्घटना हुँदा १० जना घाइते



काठमाडौँ, १९ माघ । सल्यानको शारदा नगरपालिका–२ खलंगास्थित सिँचाइ कार्यालय नजिकै खलंगा–श्रीनगर सडक खण्डमा अटो दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार आज दिउँसो श्रीनगरबाट खलंगातर्फ आउँदै गरेको रा १ ह २१९५ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको हो ।

दुर्घटनामा घाइते भएका १० जनामध्ये दुई जनाको अवस्था गम्भीर, तीन जनाको अवस्था मध्यम र पाँच जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएको छ ।