समाचार

ठगी गर्ने एक जना पक्राउ



काठमाडौँ, २१ माघ । बैंकिङ कसुरको ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चन्द्रागिरि नगरपालिकाबाट पक्राउ गरेको हो ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी चन्द्रागिरी नगरपालिका–७ हसनटार बस्ने नुवाकोट विदुर नगरपालिका–३ घर भएका ३८ वर्षीया पुन्यवती जोशीलाई आज पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार उनीमाथिको उच्च अदालत पाटन ललितपुरको २०८० वैशाख १० गतेको फैसलाले उक्त मुद्दामा रु पाँच लाख जरिवाना रु २० हजार पीडित राहत कोषमा जम्मा गराउने फैसला भएको थियो ।

यस्तै उनलाई दुईदिन कैद सजाय ठहर भए पछि फरार हुँदै आएकामा मंगलबार टेकुबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका–७ हसनटारबाटै उनलाई पक्राउ गरेको हो ।