काठमाडौँ, २२ माघ । नेपाल टेलिकमले २२औँ वार्षिकोत्सवको अवसरमा विभिन्न अफर सार्वजनिक गरेको छ ।
टेलिकमले बिहीबारदेखि सात दिनसम्म गरिने सब्सक्रिप्सनका लागि यस्तो अफर ल्याएको हो । यस अन्तर्गत माघ २२ देखि माघ २८ सम्म लिने ग्राहकका लागि डबल टु प्याक अन्तर्गत जीएसएम पोस्टपेड र प्रिपेड ग्राहकहरूले २२२ रुपैयाँमा २२ दिनको समयावधि रहने गरी २२ जिबी डाटा प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै, डेली टु प्याक अन्तर्गत २२ रुपैयाँमा दिनमा मा १ दिनको समयावधि रहने गरी २ जिबी डाटा प्राप्त गर्न सकिनेछ ।
सेलिब्रेशन कम्बो प्याक अन्तर्गत २२२ रुपैयाँमा २२ दिनको समयावधि रहने गरी २२२ मिनेट सबै नेटवर्कमा कुरा गर्न मिल्ने भ्वाइस, ४ जिबी डाटा र २२२ वटा सबै नेटवर्कमा पठाउन मिल्ने एसएमएस सेवा उपलब्ध हुनेछ ।
दूरसञ्चार कार्यालयका काउन्टरहरूबाट हाल ९० रुपैयाँमा बिक्री हुँदै आएको प्रिपेड सिम कार्ड मात्र २२ रुपैयाँमा उपलब्ध गराइनेछ । यो योजना नेपाल टेलिकमका सबै काउन्टरहरूबाट माघ २२ देखि फागुन १४ गतेसम्म सञ्चालन हुनेछ ।
एफटीटीएच सेवा नयाँ जडान गर्ने ग्राहकहरूका लागि ५०० रुपैयाँ लाग्ने जडान शुल्क माघ २२ देखि फागुन २२ गतेसम्म नि:शुल्क गरिएको छ ।विद्यार्थी अफरको समयावधि २०८२ फागुन २२ सम्म थप गरिएको छ ।
माघ २१ सम्म वार्षिक वा बहु-वार्षिक एफटीटीएच डाटा सेवा प्रयोग गरिरहेका ग्राहकको मोबाइल नम्बरमा २२ जिबी मोबाइल डाटा बोनस स्वरूप प्रदान गरिनेछ । माघ २२ देखि २८ सम्म नयाँ जडान गर्ने वा नवीकरण गर्ने ग्राहकहरूलाई पनि भोलिपल्टै यो बोनस उपलब्ध टेलिकमले जनाएको छ ।
माघ २२ देखि २८ सम्म १ महिना वा ३ महिनाको डाटा प्याकेज लिएका ग्राहकले वार्षिक वा बहु-वार्षिक प्याकेजमा नवीकरण गरेमा २२ जिबी बोनस डाटा पाउनेछन् ।
माघ २८ सम्म डिमाण्ड पोर्टलमा दर्ता गराउने नयाँ ग्राहकहरूले पनि यो बोनस पाउनेछन् । यसको बोनस डाटाको समयावधि ७ दिनको हुनेछ ।
पुरानो बाँकी बक्यौता असुली अन्तर्गत आर्थिक वर्ष २०७९/८० सम्मको रकम माघ मसान्तसम्म भुक्तानी गरेमा, त्यसमा लाग्ने जरिवाना २०८२ चैत मसान्तसम्मका लागि छुट दिइएको छ ।










प्रतिक्रिया दिनुहोस्