अर्थ

साढे १८ लाख नगदसहित एक जना पक्राउ



काठमाडौँ, २३ माघ । स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँले नियन्त्रणमा लिएको छ ।

विशेष गस्तीमा खटिएको प्रहरी टोलीले काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१ तौलुङ क्षेत्रबाट १८ लाख ५० हजार रुपैयाँसहित उदयपुर घर भएका ४५ वर्षीय प्रबिन किसनलाई पक्राउ गरेको हो ।

बिहीबार बिहान करिब साढे ४ बजेको समयमा शङ्कास्पद रूपमा हिँडिरहेको अवस्थामा प्रहरी प्रभाग बूढानीलकण्ठको टोलीले उनलाई फेला पारेको थियो। उदयपुर स्थायी घर भई हाल काठमाडौँको कोटेश्वर बस्ने किसनलाई चेकजाँच गर्दा उनको साथबाट उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ।

बरामद रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ  । आवश्यक कारबाहीका लागि पक्राउ परेका किसन र बरामद नगदलाई आन्तरिक राजस्व कार्यालय हरिहरभवन, ललितपुर पठाइएको छ ।