अर्घाखाँची, २७ माघ । कांग्रेस उपसभापति पुष्पा भुसाल गौतमले बदलिएको कांग्रेसले प्रत्यक्षमा एक सयभन्दा बढी सिट जितेर पहिलो दल बन्ने दाबी गरेकी छिन् ।
अर्घाखाँची कांग्रेस जिल्ला कार्यसमितिले सन्धिखर्कमा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै पाटीको संस्थापन निर्णयबाटै सभापति गगन थापालाई मुलुकको भावी प्रधानमन्त्रीका रूपमा अघि सारेपछि देशभर एकखालको प्रभाव बढ्दै गएको बताइन् । गगन थापा कांग्रेसको नेतृत्वमा आएपछि देशभर कांग्रेसप्रति जनलहर बढ्दो भएकाले परिवर्तन चाहने युवा शक्तिले कांग्रेसलाई मतदान गर्ने उनको दाबी छ ।
उनले भनिन्, ‘फागुन २१ को प्रतिनिधिसभा सदस्य चुनावका लागि भोट माग्न जनतामा जाँदा कांग्रेस रूपान्तरण भएर आएको छ । नागरिकले कांग्रेस सच्चिनुपर्छ भनेर दिएको खबरदारीलाई हामीले आत्मसात गर्यौँ । नयाँ परिवेश र नयाँ एजेन्डाका साथ यसपटकको निर्वाचनमा १ सय ६५ स्थानमा नयाँ उम्मेदवार उठाएका छौं ।’










प्रतिक्रिया दिनुहोस्