काठमाडौँ, २८ माघ । नेपाली कांग्रेसका नेता एवं मोरङ–६ का उमेदवार डा. शेखर कोइरालाले बुढीगंगा गाउँपालिकामा पछिल्ला वर्षहरूमा उल्लेख्य विकास निर्माणका काम भएको दाबी गरेका छन् ।
बुढीगंगा गाउँपालिकाका वडा नं. १, २, ३, ४,५, ६ र सातमा एकैदिन पार्टी कार्यालय उद्घाटन गर्दै उनले पिउने पानी, सडक, स्वास्थ्य संस्थालगायत पूर्वाधार विकासमा उल्लेखनीय प्रगति भएको बताए ।
उनले भने, “अरू समयको तुलनामा अहिले बुढीगंगाको मुहार फेरिएको छ,” “यदि यहाँ विकास भएको छैन कसैले भन्छ भने म पत्याउँदिनँ ।”
कोइरालाले चुनावी भेटघाट गरिरहेका छन् । कांग्रेसले जिते मात्र लोकतन्त्र, संविधान, संसद्को सर्वोच्चता तथा धार्मिक–सांस्कृतिक पहिचान जोगिने उनको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्