सर्लाही, २९ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश बनाउने काम एक जनाबाट मात्र सम्भव नभएकाले सबैलाई मिलाएर लैजाने बताएका छन् ।
सर्लाही निर्वाचन क्षेत्र नं ४ अन्तर्गत बुधबार साँझ जिल्लाको धन्कौलमा आयोजित मतदातासँग भेटघाट कार्यक्रममा उनले आफू मधेसबाट देश जोड्ने सन्देश दिने उद्देश्यसहित यहाँ आएको भन्दै मतदाताको विश्वास जितेर काम गर्ने बताए ।
सभापति थापाले भने, “मलाई कसैले नेता वा माननीयका रूपमा हेर्नुपर्ने छैन । यहाँहरूले मलाई आफ्नै दाइ, भाइ वा छोरा। साथी भनेर बुझिदिनु हुन्छ । म पाँच वर्षका लागि यहाँहरूको परिवारको सदस्य हुन आएको छु । समस्या समाधानका लागि सर्लाही–४ र काठमाडौँ दुवै ठाउँमा कार्यालय सञ्चालन गर्नेछु, अहिले मैले मत मागे जसरी पछि यहाँका नागरिकले मसँग हक माग्ने हो ।”










प्रतिक्रिया दिनुहोस्